कोशी प्रदेश : प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डिल्लीराम उप्रेती नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेतीले त्रिभूवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी निभाइसकेका छन् । उनी अर्थत्रास्त्रका प्राध्यापक हुन् ।

यस्तै बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिइ सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिएका छन् ।

शुक्रबार, ०५ जेठ, २०८०, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर