काठमाडौं । लामो समयदेखि बन्द रहेका तीन वटा उद्योगलाई सञ्चालनमा ल्याइने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनि गर्दै राष्ट्रपति राम चन्द्र पौडेलले बताए ।

आगामी वर्षको नीति तथा कार्यक्रममा बन्द रहेका उद्योग सञ्चालन गर्ने जनाइएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग सञ्चालनमा ल्याउने बनाएका हुन्।

हेटौंडा कपडा उद्योग, गोरखाली टायर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालन गरिने भएको हो। यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिइने जनाइएको छ।

यी तीनै उद्योग लामो समयदेखि बन्द छन्।