स्थानीय तहको स्वीकृतिविना शुल्क नबढाउन निजी विद्यालयलाई निर्देशन

विराटनगर । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई स्थानीय तहको स्वीकृतिविना आफूखुसी शुल्क नबढाउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही विद्यालयले आफूखुसी शुल्क उठाएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन मन्त्रालयले स्मरण गराएको छ । कुनैपनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकलाई जानकारी गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ । शुल्कको विषयमा केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले अभिभावकहरुलाई आग्रहसमेत गरेको छ ।

मङ्गलबार, २८ चैत, २०७९, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर