नक्कली परीक्षार्थीहरूले दिएका सबै परीक्षा रद्ध

विराटनगर । एसइई परीक्षाको चौथो र पाँचौँ दिन मोरङबाट १ सय ९९ विद्यार्थी पक्राउ परेपछि नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्ध गरिएको छ ।

पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको परीक्षा रद्ध गरिने जिल्ला शिक्षा समन्वय इकाइ मोरङले जानकारी गराएको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको सबै परीक्षा रद्ध हुने बताए ।

बिहीबारसम्म पाँच वटा विषयको परीक्षा भएको छ । नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षा भएको छ । ‘यी पाँच वटै परीक्षा रद्ध हुनेछ,’ उनले भने, ‘सबै उत्तर पुस्तिका रद्ध हुनेछ । अब सक्कली परीक्षार्थीले पनि परीक्षामा सामेल हुन पाउनेछैन ।’

मोरङमा ७ वटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । जसमा १ हजार ३२ विद्यार्थी सहभागी छन् ।

बिहीबार भएको परीक्षामा २ नक्कली विद्यार्थी भने फरार भएका छन् ।सरस्वती माध्यमिक विद्यालयमा परीक्षा लेखिरहेका २ नक्कली परीक्षार्थी परीक्षा सकिनुअघि नै नै हिँडेका हुन्। परीक्षा सुरु भएको एक घण्टापछि शौचालय जान भन्दै निस्केका विद्यार्थी विद्यालयको कम्पाउन्ड वाल नाघेर भागेका थिए । विद्यार्थी भागेपछि प्रहरी पनि शंकाको घेरामा परेको छ ।

बिहिबार, २३ चैत, २०७९, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर