काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जासुसी परिचालनसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै गृह मन्त्रालयले अब जासुसी परिचालनका लागि मनपरी रुपमा खर्च गर्न नपाउने भएको छ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले जासुसी परिचालनसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।
शान्ति सुरक्षासम्बन्धी व्यवस्थाअनुसार जासुसी परिचालनमा हिसाब किताब गर्न नपर्नेगरी खर्च गर्ने कार्यविधि रहेको र त्यहि कार्यविधिलाई खारेज गरिएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले बताइन ।

