लोड हुँदैछ...

मेनु

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन तालिम सम्पन्न

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन तालिम सम्पन्न

ग्रामथान । डिभिजन वन कार्यालय मोरङको आयोजनामा दुई दिने मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

तालिममा डिभिजन वन कार्यालय मोरङ र सव डिभिजन कार्यालयहरूमा कार्यरत वन रक्षक, विराटनगर महानगरपालिकाका नगर प्रहरी, वन्यजन्तु उद्धार कार्य गर्दै आएका स्थानीय उद्धारकर्मीलगायत २५ जनाको सहभागीता थियो ।

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै डिभिजनल वन अधिकृत अनिरूद्ध कुमार साहले वन्यजन्तुहरू गाउँ घर, शहर बजारमा देखापर्न थालेको र उद्धारका लागि वन कार्यालयमा खबर आऊने गरेको बताए । उनले वन्यजन्तु उद्धार र व्यवस्थापनका साथै संरक्षणका लागि दक्ष जनशक्ति चाहिने भएकोले तालिम आयोजना गरिएको बताए ।

सो तालिममा प्रशिक्षकहरू कोशी संरक्षण केन्द्रका प्रमुख विरेन्द्र गौतम, बरिष्ठ वन्यजन्तु प्राविधिक हर्कमान लामा, कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र भेटनरी अधिकृत रूविना साहले प्रशिक्षण दिएका थिए। तालिममा सहभागीहरूलाई वन्यजन्तु उद्धारका सामाग्रीहरू लठ्ठी, झोला, व्याग जुत्तालगायतका समाग्रीहरू पनि वितरण गरिएको छ ।

तालिममा डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुर, सहायक वन अधिकृत दिनेश राई, विराटनगर उपमहानगर पालिकाका प्रहरीहरु स्नेक रेस्क्यू रामजी मण्डललगायतको पनि सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।