विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कार्यालय सहयोगी नटिलाल माझीको निधनप्रति मुख्यमन्त्री राजेन्द्रकुमार राईले दुःख व्यक्त गरेका छन् । बिहीबार मृतक माझीको अन्तिम संस्कारमा सहभागी भएर मुख्यमन्त्री राईले एक असल र अनुभवी कर्मचारी गुमाउँदा सबै कार्यालयलाई क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका हुन् ।
माझी प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । सुनसरी दुहवी–७, फर्साही स्थायी घर भएका ४९ वर्षे माझीको स्थानीय बुढीगंगा विश्रान्ति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
मुख्यमन्त्री कार्यालयका कर्मचारी माझी श्रावण ९ गते बिहान अचानक बेहोस भएका थिए । तत्कालै उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल पु¥याउँदा चिकित्सकले मस्तिष्कघात भएको जानकारी दिएका थिए । उनको उपचारकै क्रममा बुधबार निधन भएको हो । माझीको परिवारमा श्रीमती र एक छोरी, ज्वाइँ छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।