लोड हुँदैछ...

मेनु

सुन्दरहरैंचामा पैनीमा डुबेर एक वालकको मृत्यु

सुन्दरहरैंचामा पैनीमा डुबेर एक वालकको मृत्यु

विराटचोक । मोरङको सुन्दरहरैंचा– ४ मा पैनीमा डुबेर एक वालकको मृत्यु भएको छ ।

प्रणामी टोलमा रहेको पैनीमा डुबेर हरि खड्काका ५ वर्षीय छोरा प्रदीप खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर छेउमा खेल्ने क्रममा प्रदीप पैनीमा डुबेका थिए । पैनीले बगाउँदै गरेको देखेपछि स्थानीयले उद्धार गरी उनलाई उपचारको लागि वेदान्त अस्पताल इटहरी लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।