लोड हुँदैछ...

मेनु

निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापनामा गरे प्रदेश सरकार सहयोग गर्न तयार छ : मुख्यमन्त्री राई

निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापनामा गरे प्रदेश सरकार सहयोग गर्न तयार छ  : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन्।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको चौथो साधारणसभाको उद्घाटन कार्यक्रमलाई समबोधन गर्दै राईले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मुख्यमन्त्री राईले राष्ट्रियताका लागि मुलुक आर्थिकरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गरी सरकार अगाडि बढ्ने बताए।

उनले उत्पादन, पूँजी विकास र राजस्व संकलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको समेत बताए ।
चर्चा गर्दै वर्तमान अवस्थामा राज्यले शासक नभई व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको र मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका वृद्धि भइरहेको बताए।

मुलुकको तीनखम्बे अर्थतन्त्रमा निजी क्षेत्रलाई साझेदारीका रूपमा राखिएको चर्चा गर्दै उनले सरकारले ऐन कानूनमा सहजता, शान्तिसुरक्षा र पूर्वाधार उपलब्धताले लगानीमैत्री वातावरण भएकाले उद्योगीलाई लगानी गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds