लोड हुँदैछ...

मेनु

अरुण तेस्रो आयोजनाः भुत्तानी नदिदाँ निर्माण ब्यवसायी मारमा

अरुण तेस्रो आयोजनाः भुत्तानी नदिदाँ निर्माण ब्यवसायी मारमा

संखुवासभा ।संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाले काम सम्पन्न गर्ने कम्पनीलाई वर्षौसम्म भुक्तानी नदिदाँ निर्माण व्यवसायी मारमा परेका छन् । अरुण तेस्रो आयोजनाको भारतीय निर्माण कम्पनी पटेल इञ्जिनियरिङले विभिन्न निर्माण कम्पनीलाई भुक्तानी नगर्दा निर्माण व्यवसायी मारमा परेका हुन् । पटेलले पेटी ठेक्काको रुपमा अन्य कम्पनीलाई काम गर्न लगाएर भुक्तानी रोकेको हो । समय अवधिमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलेवर्षौ सम्म भुत्तानी पाउन सकेका छैनन् ।

निर्माण सम्पन्न गरेको दुई वर्ष बित्दासमेत भारतीय निर्माण कम्पनीले भुत्तानी नदिएको रौताहा कन्स्ट्रक्सनका निर्देशक भीमबहादुर थापाले गुनासो गरे । बिल भुक्तानी प्रक्रियाको क्रममा रहेको भन्दै वर्षौ झुलाइरहेको थापाले बताए । आयोजनाको काम सम्झौता अनुसार सम्पन्न गरेर भुक्तानी माग्दा समेत बेवास्ता गरेपछि मजदुरहरूलाई भुक्तानी दिन नसकिएको र बैंकलेसमेत धितो लिलाम गर्ने अवस्था सिर्जना भएको थापाले बताए ।

अरुण तेस्रोको ड्याम साइट निर्माण स्थल फ्याक्सिन्दादेखि अडिट २ र अडिट ३ तर्फ जाने सडकको स्तरोन्नतिका लागि पटेलले रौताहा कन्स्ट्रक्सन प्रा.लि. काठमान्डौलाई दिएको थियो । पटेलले रौताहासँगको सम्झौता अनुसार काम सम्पन्न गरेको प्रमाणपत्र १२ सेप्टेम्बर २०२०मा दिएएको थियो । तर, १८ करोड ४५ लाख ३० हजार ३६० रुपैयाँ लागतमा काम सम्पन्न भएपनि हालसम्म धरौटी सहित ९८ लाख २ हजार ९०७ रुपैयाँ भुक्तानी नदिएर आलटाल गरिरहेको रौताहा कन्स्ट्रक्सनका सञ्चालक थापाले जानकारी दिए । दुई वर्ष अघि देखिनै चाँडै भुक्तानी हुने भन्दै आश देखाइरहेका थापाले बताए । रौताहाले पटेलमार्फत धरौटी वापतको मात्रै पनि ९२ लाख २६ हजार ५१२ रुपैयाँ पाउनु पर्नेछ । यस बाहेक ५ लाख ७६ हजार ३९५ रुपैयाँ पुरानै बाँकी रहेको उनको दाबी छ ।

रकम भुक्तानी दिन ढिलाई गरेको भन्दै रौताहा कम्पनीका निर्देशक थापा जिल्ला प्रशासन र प्रहरी कार्यालयसम्म गुनासो लिएर पुगिसकेका छन् । गत जेष्ठ ३० गते भुक्तानी सहजीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय खाँदबारीमा निवेदन दिएको थापाले बताए ।
गत आ.व. २०७७÷०७८ मा पटकपटक ताकेता गर्दापनि रकम भुत्तानी नगरेपछी जिल्ला प्रशासन कै सहयोगमा भुक्तानी प्राप्त भएको उनले बताए ।

अरुण तेस्रोका निर्माण कम्पनीले भुत्तानी नदिएको भन्दै जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा उजुरीको चाङ लाग्ने गरेको छ । भुक्तानी दिने विषयमा निर्माण चरणको सुरुवात देखिनै समस्या देखिदै आएको भन्दै व्यवसायीहरुले समयमै भुक्तानी दिन र अनावश्यक ढंगले नरोक्न आग्रह गरेका छन् । समयमै भुक्तानी नहुँदा मजदुरलाई पारिश्रमिक दिन र निर्माण सामग्री जुटाउन समस्या हुने गरेको पनि उनीहरुको गुनासो छ ।

पेटी ठेकेदार ठग्दै पटेल इन्जिनियरिङ

अरुण तेस्रो जलविद्युत आयोजनाको प्रमुख निर्माण कम्पनीहरु मध्ये पटेल इन्जिनियरिङ लिमिटेड पनि एक हो । जसले ड्याम साइट निर्माणस्थल फ्याक्सिन्दा र पावरहाउस निर्माणस्थल पुखुवामा काम गरिरहेको छ । भारतीय यो कम्पनीले अन्य कम्पनीलाई पेटी ठेक्का दिएर भुत्तानीका क्रममा ठग्ने गरेको बताइएको छ । पेटी ठेक्का लगाएर समयमा नै भुक्तानी नगरेर अन्य निर्माण कम्पनीलाई दुःख दिने गरेको पटेल इन्जिनियरिङले ठगीको समेत प्रयास गरिरहेको तथ्य खुलेको हो ।

पेटी ठेक्कामा काम गरेका रौताहा कन्स्ट्रक्सन प्रा.लि.लाई काम सम्पन्न भएको दुई वर्ष बितिसक्दासमेत भुक्तानी नदिएको पटेल इन्जिनियरिङले अहिले उही रौताहा कन्स्ट्रक्शनलाई ठग्ने प्रयास गरेको हो । काम सम्पन्न भइसकेको रकम भुक्तानी दिनु त कता हो कता, भुक्तानी लिइसकेको प्रमाण बनाउनलाई पटेल इन्जिनियरिङले कागजी प्रक्रिया थालेको छ । दुईवर्ष अघि सडक स्तरोन्नतीको काम सम्पन्न गरेको रौताहाले पटेल मार्फत् ९८ लाख २ हजार ९०७ रुपैंया भुक्तानी पाउन बाँकी छ । तर अहिले पटेलबाट रौताहाले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाइसकेको प्रमाण बनाउन पटेलको ठगी सुरु भएको छ । दुई वर्ष अघि नै रकम पाइसकेको भनी कागजमा सहीछाप गरेर पठाउन भनी पटेल इन्जिनियरिङका सञ्जिव झाले रौताहालाई ह्वाट्सएप मार्फट डकुमेन्ट पठाएको थियो । तर, पाउनु पर्ने रकम भुक्तानी नदिई उल्टै पैसा पाएको भनी फसाउन खोजिएको रौताहा कन्स्ट्रक्सनका भीमबहादुर थापाले बताए । उनले भने, नपाएको पैसा पाएँ भनी कसरी भरपाई गर्नु ? थापाका अनुसार, उक्त कागजमा सही छाप गरेर पठाएपछी मात्रै भुक्तानी हुने बताइएको छ । गत आ.व. २०७७÷०७८ मा पटकपटक ताकेता गर्दा पनि रकम भुत्तानी नगरेपछी जिल्ला प्रशासन कै सहयोगमा भुत्तानी प्राप्त भएको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds