लोड हुँदैछ...

मेनु

तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान

तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान

भोजपुर ।भोजपुरको पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।
तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो।

पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्‍नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

अध्यक्ष राईले भने ‘हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ। यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्ने थप उर्जा मिल्ने छ।’ अहिले स्तरोन्‍नतिको काम भइरहेको भएपनि यो सडकलाई आफ्नो कार्यकालभित्र कालोपत्रे गर्ने उद्धेश्य रहेको अध्यक्ष राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds