विराटनगर । विराटनगरका उद्योगी र मजदुरले आन्दोलन फिर्ता गरेका छन् ।
उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केहीदिनदेखि आन्दोलन गर्दै आएका छन् ।
अर्थमन्त्रीले फोन गरेर समस्या सामधान गर्ने बताएपछि मोरङका उद्योगी र मजदुरले आन्दोलन फिर्ता गरेका हुन् । यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिएपनि माग सम्बोधान नभएपछि गत बिहीबारबाट आन्दोलनमा उत्रिएका थिए ।
अर्थमन्त्रीले टेलिफोन गरेर समस्या सामधान गर्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता लिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

