उदयपुरको ताप्लीमा माओवादीका विश्वकर्मा निर्वाचित

उदयपुरको ताप्लीमा माओवादीका विश्वकर्मा निर्वाचित

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुंगराज विश्वकर्मा निर्वाचित भएका छन् ।

विश्वकर्माले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिष्पर्धी नेकपा एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् ।

उपाध्यक्षमा काँग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् । ५ वडा रहेको गाउँपालिकामा एमालेले २, काँग्रेसले २ र माओवादी केन्द्रले १ वडामा जित निकालेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्