संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङ्दिछिरिङ शेर्पा विजयी भएका छन् ।
शेर्पाले ३ हजार १७ मत ल्याएर विजयी बन्दा उपप्रमुखमा माओवादी केन्द्रका मनकला राई २ हजार ७५९ मतसहित विजयी बनेकी छन् ।
अध्यक्ष पदमा नेकपा एमालेका भरतकुमार कटुवालले २ हजार ४७८ मत प्राप्त गरे भने उपप्रमुख एमालेका चमेली राईले २ हजार ३३ मत प्राप्त गरिन् ।
२०७४ मा यहाँ दुवै पद नेकपा एमालेले जितेको थियो । अहिले माओवादी केन्द्र र काँग्रेसको गठबन्धनले परिणाम उल्ट्याएको हो ।