सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
काँग्रेसका सूर्यबहादुर राईले २१०० मत प्राप्त गरी गाउँपालिका अध्यक्ष पद जितेका हुन् । उनका प्रतिष्पर्धी गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका सागर किरातीले १६२६ मत प्राप्त गरे । एमालेका भक्त राईले १४५३ मत पाएका छन् ।
उपाध्यक्षमा पनि काँग्रेसकै विपना कुलुङ विजयी भएकी छन् । उनले १९२९ मत प्राप्त गरी एमालेकी शुभधनी कुलुङलाई पछि पारेकी हुन् । एमाले उम्मेद्वार शुभधनीले १७३३ मत पाएकी छन् ।