खोटाङको बराहापोखरीमा काँग्रेस र एस विजयी

खोटाङको बराहापोखरीमा काँग्रेस र एस विजयी

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा काँग्रेसका शालिकराम बन्जरा ३ हजार १८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी गोमा मगरले २ हजार ३३० मत प्राप्त गरिन् ।

गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राईले २ हजार ६९४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले २ हजार २९५ मत प्राप्त गरे ।

पालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्