संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका भूपाल राई विजयी भएका छन् ।
राईले २ हजार २ सय ३ मतसहित विजी भएका हुन् । अध्यक्षका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत ल्याए ।
गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । उनले २ हजार ७५ मत ल्याइन् । उपाध्यक्षमा माओवादीकी देविकुमारी राईले १ हजार ७ सय ७० मत प्राप्त गरिन् ।