ओलीको जन्मगाउँ आठराईमा गठबन्धन विजयी

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बलिराज इङ्नाम विजयी भएका हुन् ।

अध्यक्षमा पाहिमले ४ हजार ६९९ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरे ।

उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी माओवादीका ईङनाम विजयी भएका हुन् । निवर्तमान उपाध्यक्षसमेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् । कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन् ।

पालिका अध्यक्षमा निर्वाचित पाहिम यसअघि वडा नं. २ को वडाध्यक्ष थिए । अघिल्लो निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत जितेको पालिकामा गठबन्धनले बहुमत स्थान जितेको छ ।

सोमबार, ०२ जेठ, २०७९, बिहानको १०:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page