भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ (राई) विजयी भएका छन्।
नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका उनले धारा चिन्हमा १८१४ मत प्राप्त गरि जित निकालेका हुन् ।
साल्पासिलिछोको निर्वाचन अधिकृत माधवप्रसाद ढकालका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश राईले १७८६ मत प्राप्त गरे । एमालेका आधिकारिक उम्मेदवार शान्तिबहादुर अधिकारीले १३८३ मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई विजयी भएकी छिन्। उनले १८६२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रीता घलेले १५८० मत प्राप्त गरिन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।