पाँचथरको कुम्मायक : अध्यक्षमा कांग्रेसका लावती र उपाध्यक्षमा माओवादीका खड्का विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का निर्वाचित भएका हुन् ।

लावतीले ३०५७ मत प्राप्त गरेर जित हात पारेका छन् । उनका निकटतम प्रतिद्वन्दवी नेकपा एमालेका भीमप्रसाद साम्बाहाम्फे लिम्बुले २९०० मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादी केन्द्रका खड्काले २७५८ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्दवी एमालेकी सिता आचार्यले २७२४ मत प्राप्त गरिन् ।

जेष्ठ २, २०७९, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर