भोजपुरको हतुवागढी अध्यक्षमा एमालेका प्रेम र उपाध्यक्षमा माओवादीकी सुनिता विजयी

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई ४०४२ मतका साथ विजयी भएका छन्।

नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई पराजित गर्दै राईले दोस्रो कार्यकालको लागि जित दर्ता गरेका हुन्। कार्कीले ३३५३ मत प्राप्त गरे।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी सुनिता राई विजयी भएकी छिन्। उनले ३७०८ मत प्राप्त गरिन् । एमालेकी कमला राईले ३६११ मत प्राप्त गरेर पराजय बेहोरिन् ।

हतुवागढीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको थियो ।

जेष्ठ २, २०७९, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर