धनकुटाको सागुरीगढी गाउँपालिकामा गठबन्धनका राई विजयी

विराटनगर । धनकुटाको सागुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र राई निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका राई ६३९९ मतसहित विजयी भएका हुन्। निकटम प्रतिद्वन्दी नेकपा एमालेका कुमारजंग याखाले ४८२८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने एमालेका मुना राई निर्वाचित भएकी छन् । उनले ४६५० मत पाएकी छन्। उपाध्यक्षमा जसपाका लिलाराज लावतीले ४१३६ मत प्राप्त गरे ।

यसअघिको निर्वाचनमा अहिले परिाजित एमालेका कुमारजंग याखा निर्वाचित भएका थिए। उनले कांग्रेसका अहिले अध्यक्ष निर्वाचित राईलाई नै पराजित गरेका थिए।

जेष्ठ २, २०७९, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर