भोजपुर । भोजपुरका ८१ वडामध्ये २५ वडाको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म गणना भएका वडामा नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ९ र नेकपा एमालेले ७ वडामा निर्वाचत जितेका छन् ।
पौवादुङमा गाउँपालिका २, साल्पासिलिछो गाउँपालिका १, ३ र ४, षडानन्द नगरपालिका ८ र १३, भोजपुर नगरपालिका २, ३ र ४, आमचोक गाउँपालिका १ र २ तथा अरुण गाउँगालिका ३ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । त्यस्तै पौवादुङमा गाउँपालिका १, साल्पासिलिछो गाउँपालिका २, षडानन्द नगरपालिका १४, हतुवागढी गाउँपालिका १ र ९, रामप्रसादराई गाउँपालिका ८ र अरुण गाउँपालिका १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरि माओवादी केन्द्रले आमचोक गाउँपाललिका ८, ९ र १०, रामप्रसादराई गाउँपालिका १, पौवादुङमा ३, अरुण गाउँपालिका २ र ४, भोजपुर नगरपालका १, ट्याम्कमैयुङ गाउँपालिका ९ मा जित निकालेको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, अरुण गाउँपालिका, टेम्के मैयुम गाउँपालिका र षडानन्द नगरपालिकामा काँग्रेसको अग्रता छ भने एमालेले पौवादुम्मा गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र हतुवागढी गाउँपालिका अग्रता लिएको छ । आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिका गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ ।