रंगेलीमा १८ घण्टादेखि मतगणना रोकियो

विराटनगर । मोरङको रंगेली १८ घण्टासम्म मतदान रोकिए पछि गृहमन्त्री बालकृष्ण खाँणले चासो दिएका छन् ।

१८ घन्टा बित्दासमेत मतगणना सुरु नभएपछि गृहमन्त्री खाँडले आफैं चासो दिएका हुन । उनले स्थानीय प्रशासनलाई सहमति गराएर मतगणना गर्न निर्देशन दिएका छन् ।

शनिबार राति ११ बजेदेखि मत गन्ने काम रोकिएको हो । मतगण्नामा एमालेले अग्रता लिइरहेका बेला कांग्रेस लगायतका दलहरुले मतगणनाका क्रममा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै गणना नगर्न दबाब दिएका थिए । राती कांग्रेससहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए ।

वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै गठबन्धनले गणना स्वीकार गर्न नसकिने जनाएको हो ।

नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार मोदराज घिमिरेले भने, ‘मतपेटिका फोरिएको अवस्थामा भेटिएको छ यो हामी स्वीकार गर्दैनौं ।’ उनले सर्वदलीय छलफल गरेर गणना अघि बढाउन निर्वाचन आयोगले लिखित पत्राचार गरेको बताए ।

नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बडडियाले मतगणना रोक्नुको कुनै अर्थ नभएको बताएका छन । बगडियाले रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतपेटिका खोलेर गणना भईरहेको अवस्थामा गठबन्धनको पकड बलियो भएको क्षेत्रमै कमजोर देखिएकोले मतगणना हुन नदिने षडयन्त्र भएको दाबी गरे ।

नेपाली कांग्रेसका उमेद्वार घिमिरेले मतपेटिका फोडिएको अवस्थामा गणनास्थलमै फेला परेकोले आफूहरुलाई त्यो मान्य नहुने घिमिरे बताउँछन् ।

जेष्ठ १, २०७९, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर