झापामा राप्रपालाई चुनौति, प्रभाव क्षेत्रका २ वडामा राप्रपा पराजित

विराटनगर । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ पालिकामा अगाडि देखिएको छ ।

झापामा दमक नगरपालिकामा गठबन्धनको बलमा राप्रपा अगाडि देखिएको हो भने हल्दीबारीमा एकल प्रतिस्पर्धामा अगाडि छ । यसअघि २०७४ को निर्वाचनमा झापाका तीन पालिका गौरिगञ्ज, कचनकवल र हल्दीबारीमा राप्रपाले विजय हासिल गरेको थियो ।

यस पटक भने गौरिगञ्जमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुँदा राप्रपा तेस्रो स्थानमा छ । यस्तै कचनकवलमा दुईवटा वडामध्ये एउटामा कांग्रेस र एउटामा एमालेले जितेको छ । वडा नम्बर १ मा कांग्रेसका महावीर लिम्बू १४४२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका लक्ष्मीनारायण यादवले १११० मत ल्याएका छन् । वडा नम्बर २ मा एमालेका लेखनाथ खत्री ७८० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका हरिनारायण चौहानले ६८५ मत ल्याएका छन् । पालिका अध्यक्षमा कांग्रेस अगाडि छ भने उपाध्यक्षमा एमाले अगाडि देखिएको छ ।

यता, अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहपालिका हल्दीबारीमा भने फराकिलो मतअन्तरले राप्रपा अगाडि देखिएको छ । हालसम्ममो परिणाम अनुसार हल्दीबारीको अध्यक्षमा राप्रपाका रविन्द्र प्रसाद लिङ्देनले १८६५ मत ल्याउँदा एमालेका डम्बर बहादुर गिरीले १११८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले १५३८ मत ल्याउँदा एमालेकी शान्तादेवी गौतमले ११०९ मत ल्याएकी छिन् ।

यता दमक नगरपालिकामा भने पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका राप्रपाका रामकुमार थापा २४५० मतका साथ अगाडि देखिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी पौडेल अधिकारीले २३३२ मत ल्याएकी छिन् ।

राप्रपाको प्रभाव क्षेत्र झापाका चार पालिकाको विवरण
दमक नगरपालिका
प्रमुख
रामकुमार थापा (हलो) २४५०
गीताकुमारी पौडेल अधिकारी (सूर्य) २३३२
उपप्रमुख
रेगिना भट्टराई (रुख) २३९२
अम्बिकाप्रसाद खनाल (सूर्य) २१९०

हल्दीबारी गाउँपालिका
अध्यक्ष
रविन्द्र प्रसाद लिङ्देन (हलो) १८६५
डम्बर बहादुर गिरी (सूर्य) १११८
उपाध्यक्ष
लक्ष्मीदेवी मैनाली (हलो) १५३८
शान्तादेवी गौतम (सूर्य) ११०९

गौरीगञ्ज गाउँपालिका
अध्यक्ष
फुलवति राजवंशी (रुख) २६२
विजयकुमार अग्रवाल (सूर्य) २५०
बाबुराजा श्रेष्ठ (हलो) १५१
उपाध्यक्ष
पुजन न्यौपाने कुवर (सूर्य) ३२६
विद्यानन्दसिंह राजवंशी (हँसिया हथौडा) २४७
मखना महतो (रुख) १६५

कचनकवल गाउँपालिका
अध्यक्ष
कलेन्द्रप्रसाद सिंह राजवंशी (रुख) १२२७
अन्जरा आलम (हलो) ७५५
उपाध्यक्ष
नवराज भट्टराई (सूर्य) १०२१
निमसरी राजवंशी (हलो) ७७८

जेष्ठ १, २०७९, दिउँसोको ०४:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर