लोड हुँदैछ...

मेनु

निर्वाचन अधिकृतले बदर गरेको मत सदर गर्नुपर्ने भन्दै एमालेले विवाद झिकेपछि भरतपुरको मतगणना स्थगित

निर्वाचन अधिकृतले बदर गरेको मत सदर गर्नुपर्ने भन्दै एमालेले विवाद झिकेपछि भरतपुरको मतगणना स्थगित

चितवन । निर्वाचन अधिकृतले बदर गरेको मत सदर हुनुपर्ने माग गर्दै नेकपा एमालेका मतगणना प्रतिनिधिले विवाद गरेपछि चितवनको भरतपुर महानगरपालिकाको मतगणना अबरुद्ध भएको छ ।

एउटा मतपत्रमा छाप संकेत नदेखिएको भन्दै मतगणना अधिकृतले बदर गरेपछि एमालेले सो मतपत्रमा सूर्यमा छाप रहेको भन्दै सदर हुनुपर्ने माग गरेका थिए ।

मतचिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएको नाममा बदर गरेको एमालेको भनाइ छ । विवादका कारण गणना स्थलभित्र होहल्ला भएको छ । एमालेका प्रतिनिधि अस्विन घिमिरेले त्यो मत सदर गर्नुपर्ने आफुहरको माग रहेको बताए ।

पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भनेको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीको भूमिका शंकास्पद रहेको अराोप लगाएको छ । एमालेले यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि गणनामा नबस्ने जनाएको छ ।

भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ । पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।