धरानमा गठबन्धनको अग्रता फराकिलो बन्दै

धरान । सुनसरीको धरान उपमहानगरमा गठबन्धनका मेयर र उपमेयर दुवै उम्मेद्वारले आफ्ना प्रतिष्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन् ।

धरानमा हालसम्म ५६०७ मतगणना हुँदा गठबन्धनबाट मेयर उम्मेद्वार काँग्रेसका किशोर राईले २८४९ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उममेद्वार साम्पाङले १९९३ मतसहित पछ्याइरहेका छन् भने एमाले उम्मेद्वार मन्जु भण्डारी १४३६ सहित तेस्रो स्थानमा छिन् ।

उपमेयरमा गठबन्धनका माओवादी उम्मेद्वार अइन्द्रबिक्रम बेघा २९७९ मतसहित अग्रतामा छन् । उनलाई १८९१ मत ल्याएका एमालेका पदम इस्बो लिम्बुले पछ्याइरहेका छन् ।

जेष्ठ १, २०७९, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर