चितवन । चितवनको भरतपुर महानगरपालिकामा रोचक प्रतिष्पर्धा भइहरेको छ ।
पछिल्लो गणनामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् ।
वडा नं. १ को गणनामा रेनुले १०० भन्दा धेरै मतले बिजयलाई पछाडि पारेकोमा २ को गणना सुरु गरेपछि फेरि विजय अगाडि बढेका हुन् । पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत प्राप्त गर्दा सुवेदीले १६११ मत पाएका छन् । नेपाली काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् । एमालेको प्रभाबक्षेत्र मानिएको २ नम्बर वडाको वडाध्यक्षमा पनि एमालेकै उम्मेदवारको अग्रता छ ।