भोजपुरको आमचोकमा काँग्रेस–एमाले गठबन्धनलाई पछि पार्दै माओवादीको अग्रता

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अहिलेसम्म ४१७३ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार अशोक राईले अध्यक्ष पदमा १ हजार ७२० मतसहित अग्रता लिएका हुन् । नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार रहेका एमालेका बसन्त राईले १ हजार २९५ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सीता राईको अग्रता छ । उनले १ हजार ६८३ मत प्राप्त गर्दा नेकपा एमालेको समर्थनमा उम्मेदवार रहेका कांग्रेसका छिरिङ शेर्पाले १ हजार २१५ मत प्राप्त गरेका छन् ।

वडा नं. १ मा नेपाली कांग्रेसका निम्नुरी शेर्पा ४१६ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका छन् । सो वडामा माओवादी केन्द्रका उमेश राईले १ सय ६२ मत मात्र प्राप्त गरेका थिए ।

वडा नं. २ मा कांग्रेसका रामबहादुर खडकाले ३५६ मत ल्याएर निर्वाचित भएका छन् भने माओवादीका राजिनकुमार राईले ३४६ मत प्राप्त गरे । वडा नंं ९ र १० मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडा नं. ९ मा रोशन मगर ६३२ मत ल्याएर विजयी भए पनि १० मा बालदिप राईले ५६५ मतसहित विजयी भएका छन् ।

जेष्ठ १, २०७९, दिउँसोको ०१:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर