ताप्लेजुङमा १९ वडाको गणना सकियो, यी हुन् विजेता

ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म १९ वडाध्यक्ष निर्वाचित भएका छन् । नेपाली काँग्रेसका २, नेकपा माओवाली केन्द्रका ६ र नेकपा एमालेका ११ जना निर्वाचित भएका छन् ।

फुङ्लिङ नगरपालिका १ मा काँग्रेसका रुद्र मादेन, १० मा माओवादी केन्द्रका सुरेश नुगो लिम्बू र ११ मा माओवादीकै युबराज भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिका १ मा माओवादीका यज्ञ लिम्बू र २ मा माओवादीकै भूपेन्द्र चौंलागाई निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिका १ मा एमालेका दिलकुमार सुनुवार, सिदिङ्वा गाउँपालिका १ मा एमालेका गोपाल बाँनिया र ७ मा काँग्रेसका लक्षुमन तामाङ निर्वाचित भएका छन् । मेरिङदेन गाउँपालिका १ मा एमालेका सबिनकुमार, ५ मा एमालेकै जसमान केदेम र ६ मा एमालेका मनोजकुमार तुम्बाहाम्फे निर्वाचित भएको निर्वाचना कार्यालयले जनाएको छ ।

जिल्लाको आठराइ त्रिबेणी गाउँपालिका ५ मा माओवादीका ललित राई, ४ मा एमालेका अर्जुन आङबुहाङ, सिरिजङ्गा गाउँपालिका १ मा एमालेका सिहंबहादुर इवारम र ८ मा काँग्रेसका कृष्णकुमार गुरुङ निर्वाचित भएका छन् । मैवाखोला गाउँपालिका ५ मा माओवादीका केशरकुमार लिम्बू, ६ मा एमालेका राजुमान थोप्रा, मिक्वाखोला १ मा एमालेका राम फेम्सोहाङ लिम्बू र २ मा एमालेका झरेन्द्रप्रसाद थापा निर्वाचित भएका छन् ।

जेष्ठ १, २०७९, दिउँसोको ०१:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर