इलाम । इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरि खड्काले आफ्नो भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् ।
मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । उनीहरु दाजुभाइ हुन् । वडाका दलित महिलातर्फ एमालेकी लक्ष्मी नेपाली, महिलामा कांग्रेसका मनमाया राई, खुल्लामा काँग्रेसकै रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।
वडाको मतगणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन् ।
उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । एमालेको उम्मेदवार विष्णु खवासभन्दा काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । कल्पनाले ६११ मत र विष्णुले ५६० मत पाएको विवरण प्राप्त भएको छ ।