धरानमा अग्रता बढाउँदै गठबन्धन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै गएका छन् ।

अहिलेसम्म धरान १, २ र ३ नम्बर वडाको ३५०० मतगणना सम्पन्न हुँदा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले ९२२ मतसहित पछ्याइरहेका छन् । एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् ।

धरानको उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४२४ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूको मत ८४४ छ ।

 

जेष्ठ १, २०७९, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर