मोरङमा माओवादी र एमालेले वडाध्यक्षमा खाता खोले

मोरङमा माओवादी र एमालेले वडाध्यक्षमा खाता खोले

विराटनगर । मोरङमा जारी स्थानीय तहको मतगणनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले वडाध्यक्षमा खाता खोलेका छन् ।

मोरङको धनपालथान गाउँपालिका वडा नं. १ माओवादी केन्द्रका खाजा हुसैन वडाअध्यक्ष पदमा विजयी भएका छन् । उनले काँग्रेसका मुबारक मियाँलाई पराजित गरेका हुन् ।

हुसैनले ४९८ मत ल्याई विजयी बनेका हुन् । उनका प्रतिद्वन्दी काँग्रेसका उम्मेद्वार मियाँले ४३० मत प्राप्त गरेका छन् ।

उता मोरङकै कानेपोखरी ७ को वडाअध्यक्षमा एमालेका मोहन अधिकारी निर्वाचित भएका छन् । यसअघि पनि वडाध्यक्ष रहेका उनी पुनः निर्वाचित भएका हुन् । १ हजार ३२८ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

अधिकारीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जुङले १ हजार मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्