विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना ९ बजेपछि मात्रै सुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकी अनुसार उम्मेदवारहरूले मतगणनाका लागि प्रतिनिधि पठाउन ढिलो गर्दा गणना सुरु नभएको हो ।
यसअघि शुक्रबार राति बसेको सर्वदलीय बैठकले ८ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको थियो । अहिले प्रतिनिधि आउने क्रम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।