मोरङका ११ पालिकामा मतगणना सुरु

विराटनगर । मोरङमा १७ स्थानीय तहमध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतगणना भने अहिले विहान ८ बजेबाट सुरु गर्ने तयारी छ ।

मोरङको बेलबारी, उर्लाबारी, रंगेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको हो । यसैगरी गाउँपालिकातर्फ जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गणनास्थलमा सुरक्षाको चुस्त व्यवस्थापन मिलाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले गणनस्थलमा हुलहुज्जत नहुने गरी व्यवस्थापन गरिएको जानकारी दिएका छन् ।

उर्लाबारी नगरपालिकामा विहान २ः३० बजेदेखि, जहदा गाउँपालिकामा विहान १ः५० बजेदेखि, ग्रामथान गाउँपालिकामा विहान १२ः४० बजेदेखि, धनपालथान गाउँपालिकामा १ः३० बजेदेखि, सुनबर्षी नगरपालिका २ः१५ बजदेखि, कानेपोखरी गाउँपालिकामा राति १०ः४५ बजेदेखि, रंगेली नगरपालिकामा विहान २ः०० बजेदेखि, मिक्लाजुङ् गाउँपालिकामा विहान १ः४० बजेदेखि, कटहरी गाउँपालिकामा विहान १ः३० बजेदेखि, बेलबारीm नगरपालिकामा विहान ५ः०० बजेदेखि र लेटाङ नगरपालिकामा विहान ६ः५५ बजेदेखि मतगणना सुरु भएको हो ।

 

बैशाख ३१, २०७९, बिहानको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर