विराटनगरमा ६७ प्रतिशत मत खस्यो, १२ बजेबाट मतगणना सुरु हुने संभावना

विराटनगर । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सबै मतदान केन्द्रबाट अन्तिम विवरण आइनसकेको बताउँदै अहिलेसम्मको तथ्यांकको आधारमा ६७ प्रतिशत मत खसेको देखिएको जानकारी दिए ।

विराटनगरमा १ लाख ३३ हजार १४२ मतदाता छन् । त्यसमध्ये ८९ हजार ७०८ मत खसेको प्रारम्भिक तथ्यांक छ ।

अहिले मतपेटिका संकलन गर्ने कार्य भइरहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ । सबैतिरबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गर्ने उनले बताए ।

मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने योजना रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । मतपेटिका संकलनपछि संभवत ११ वा १२ बजेबाट मतगणना सुरु हुने संभावना रहेको उनले बताए ।

बैशाख ३०, २०७९, रातीको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर