विराटनगर । स्थानीय तहको निर्वाचनमा मोरङमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मोरङका कुनैपनि स्थानीय तहमा अप्रिय घटना नभएको र तनावपूर्ण अवस्था पनि नभएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेभन काश्यप अधिकारीले जानकारी दिए ।
‘जिल्लाभरमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ’ अधिकारीले भने, ‘कुनै पनि खालको अप्रिय वातावरण बनेको छैन ।’ अधिकारीका अनुसार मोरङमा बेलुका ४ बजेसम्म ६० प्रतिशत मतदान भइसकेको छ ।
मतदानको लागि तोकिएको अबधि सकिएको भएपनि ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले अहिले मतदान गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदान सकिँदा ७० प्रतिशतभन्दा धेरै मतदान हुने अनुमान गरिएको उनले बताए ।


