धनकुटा सहिदभूमि गाउँपालिकामा मतदान स्थगित

विराटनगर । जेष्ठ नागरिकको मत हाल्ने विषयमा बिहान साढे १० बजेदेखि विवाद सुरु भएको धनकुुटाको सहिदभूमि गाउँपालिकामा पुनः मतदान हुन सकेको छैन ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो । सो विवाद पछि स्थगित भएको मतदान अहिलेसम्म सुरु नभएको हो । ‘मतदान गर्ने समय सकिएको छ, अब पुनः मतदान आज सुरु हुने देखिँदैन,’ राईले भने, ‘विवाद मिलाउने प्रयास जारी छ ।’

गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएकाे मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए । २५१३ कुल मतदातामा ५०० मत खसेपछि १२ बजेदेखि स्थगित भएकाे जनाइएको छ ।

बैशाख ३०, २०७९, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर