निर्वाचन आयोगको लापर्वाहीः प्रदेश सांसद नै मतदानबाट बञ्चित

विराटनगर । निर्वाचन आयोगको लापर्वाहीको कारण प्रदेश नं. १ प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी मतदान गर्न वञ्चित भएकी छन् ।

२०४५ सालदेखि विराटनगर बस्दै आएकी र सबै निर्वाचनमा पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर ३ स्थित पुसेट कलेज मतदान केन्द्रबाट मतदान गरिरहेकी सांसद रेग्मीको नाम मतदाता सुचीमा नभेटिएपछि मतदान गर्न नपाएकी हुन् ।

आज बिहानै मतदानको लागि मतदान केन्द्र पुगेकी उनी मतदाता सुचीमा नाम नभेटिएपछि चकित भएकी थिइन् । ‘दशकौंदेखि सोही मतदान केन्द्रबाट मतदान गर्दै आएको र २०७४ सालमा पनि सोही केन्द्रबाट मतदान गरेकी थिएँ’ उनले भनिनर, ‘यस पटक नाम नभेटिएपछि निर्वाचन अधिकृतलाई जानकारी गराउँदा त्यो विषय आयोगले हेर्ने भएकाले आफूले केही गर्न नसक्ने जनाएपछि मतदान गर्नबाट वञ्चित भएँ ।’

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले रेग्मीको नाम सुन्दरहरैंचा नगरपालिकामा रहेको भेटिएपछि त्यसबारे आयोगमा जानकारी दिएको बताए । मतदाता नामावलीको विषयमा आयोगले केन्द्रले टुंगो लगाउने उनको भनाइ छ ।

रेग्मीको नाम सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ९ मा भेटिएको छ। विराटनगरकी स्थायी बासिन्दा उनको नाम कसरी सुन्दरहरैंचामा पुग्यो भन्नेबारे निर्वाचन कार्यालयले कुनै जवाफ दिन सकेको छैन । आफ्नो नाम कसरी विराटनगरबाट हटाएर सुन्दरहरैचामा पुर्याइयो भन्ने कुराको छानविन हुनुपर्ने रेग्मीले बताएकी छन् ।

बैशाख ३०, २०७९, दिउँसोको ०४:०७ बजे

प्रतिक्रिया

  1. मैले पनि मतदान गर्नु पाईन। ०७४ साल मा वडा न. १६ बाट दिएको मा यश पटक मेरो नाम भेटिएन।

प्रतिक्रिया:

सम्बन्धित खवर