विराटनगर । पूर्वमन्त्री लालबाबु पण्डितले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् । आज विहान मतदान सुरुवातमै पण्डितले मतदान गरेका हुन् ।
यस्तै विराटनगर महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदको उम्मेदवार उमेश यादवले विराटनगर १४ स्नातकोत्तर क्याम्पस विज्ञान भवन ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् । जनता समाजवादी पार्टीबाट विद्रोह गरि उम्मेदवार बनेका यादवले लालटिन चुनाबचिन्हबाट चुनाब लडेका छन् ।


