निर्वाचनमा निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको अपिल

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् । उनले मतदानमा सहभागि भई आफ्नो मताधिकार प्रयोग अपिल गरेका छन् ।

धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट बिहीवार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए ।

‘बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले अपिलमा भनेका छन् ।

बैशाख २९, २०७९, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर