इलाम । नेकपा (एमाले)बाट इलामको सन्दकपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले लखेटेका छन् ।
बुधबार राति गाउँपालिकाको वडा नम्बर ५ को जमुनामा पुगेर मतदातालाई रकम वितरण गर्न थालेपछि लखेटेको स्थानीयले बताएका छन् ।
उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले लखेटका थिए । मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए । स्थानीयले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।


