नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

बुधवार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले बास्तोलालाई पक्राउ गरेको बताइएको छ ।

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो ।

बास्तोलाले भर्खरै नेत्रविक्रम चन्द विप्लवु छुट्टिएर नयाँ पार्टी (नेकपा) बहुमत बनाएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्