अज्ञात समुहद्वारा एमाले कार्यकर्तामाथि छुरा प्रहार

दुहबी । सुनसरीको दुहबी ९ मा सोमबार राती ९ बजे अज्ञात समुह द्वारा एमाले कारयकर्ता प्रदिप ऋषिदेव माथी छुरा प्रहार भएको आरोप छ् ।

घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला हिजो राती ९ बजेको समयमा १० जनाको अज्ञात समुहले आफू माथी छुरा प्रहार गरेको बताए ।
उनि भन्छन छुरा प्रहार गरेर भाग्ने युवाहरू मध्ये एक जनाले भागरे सलमान भाग भनेको आफू सुनेको आरोप लगाए ।

उता सोही वडाको एमाले तर्फका वडा अध्यक्षका उमेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कारयकर्ता रहेको बताए ।

केही दिन अगाडी मात्र सोही वडाको छाता बेलिमा एमाले कारयकर्ता र नेपाली काङ्ग्रेसको कारयकर्ता बिच झडप भएको थियो ।

सो घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भईरहेको दुहबी प्रहरीले जनाएका छन ।

सोही घटना बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देब माझी संग बुझदा घटनाको अनुसंधान भईरहेकोले दोषी ठहरिए कानुनी कार्वाही हुने बताए ।

दिन्हु दुहबी नगरको विभिन्न ठाउँमा घटना हरु बढिरहेको बेला स्थानीय प्रसाशनले शांती सुरक्षा दिन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

बैशाख २७, २०७९, बिहानको ०९:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर