तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु

तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु

विराटनगर । दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । गत चुनावमा उनि तुलसीपुर– १७ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्