विराटनगर । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। उनि नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार दिएकी थिइन ।
उनको हृदयघातका कारण निधन भएको बताइएको छ।बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो। उपचारका क्रममा गए राति करिब १ बजेतिर निधन भएको हो पारीवारीक स्रोतले जनाएको छ। ।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।
यहाँ वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ।
कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्।