स्थानीय चुनावले गर्दा गठबन्धन टुट्दैन : कांग्रेस

स्थानीय चुनावले गर्दा गठबन्धन टुट्दैन  : कांग्रेस

काठमाडौं । स्थानीय चुनावले गर्दा सत्तागठबन्धन नटुट्ने नेपाली कांग्रेसले बताएको छ।

ठाउँ विशेषमा जित्दा वा हार्दा सत्तागठबन्धन नटुट्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरी सत्तागठबन्धन असार १७ पछि भत्कने ज्योतिषहरूले बताएको अभिव्यक्ति दिए पछि कांग्रेसले त्यसप्रति लक्षित आज सानेपामा पत्रकार सम्मेलन गर्दै सत्तागठबन्धन निरन्तर रूपमा अघि बढ्ने प्रष्टाएको छ।

कांग्रेस प्रवक्ता महतले ओलीका अभिव्यक्ति मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्न सकिन्छ कि भनेर भनेको समेत उनले आरोप लगाए ।

एमाले अध्यक्ष ओलीका मनोरञ्जन दिने, हसाउने विशेषता रहेको उनले टिप्पणी गरे।
असार १७ पछि गठबन्धन अघि जाँदैन भनेर झटारो हान्ने काम ओलीले गरेको पनि महतले बताए।

‘यो पनि उहाँले झटारो हान्नुभएको हो। लक्ष्यमा पुग्दैन बीचमै गिर्छ। हाम्रो तालमेल यथावत रहन्छ। कुनै ठाउँ विशेषको परिणामले गठबन्धन टुट्ने सम्भावना म देख्दिनँ,’ उनले भने।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्