बेलबारीमा कांग्रेसका मेयरका उम्मेदवारलाई जसपाको समर्थन

बेलबारी ।बेलबारीमा काँग्रेसका तर्फबाट मेयरका उम्मेदवारलाई जसपाको समर्थन नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बेलबारी बिच बेलबारीको मेयरमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।

जसपाले काँग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई मेयरमा समर्थन गर्ने बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा संयुत पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जसपा बाट मेयरमा उम्मेदवार बनेकी मिनु राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जसपाले मेयर पदमा काँग्रेसलाई सघाउने निर्णय गरेको जसपा बेलबारीका अध्यक्ष तिलक राईले जानकारी दिए  ।

बैशाख २५, २०७९, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर