स्थानीय तह निर्वाचन विराटनगर– ४ :

काँग्रेसलाई उछिन्दै माओवादी अघि बढ्यो, एमाले तेस्रो हुने अनुमान

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका वडा नम्बर ४ ले शनिबार वृहद् घैरदैलो तथा र्याली प्रदर्शन गरेको छ । युवा विद्यार्थी जिसस न्यौपानेलाई वडाध्यक्षको उम्मेदवार बनाएको माओवादीको पक्षमा वडामा चुनावी माहौल उर्लिएको छ ।

शनिबार विहान वडाको राजवंशी चोकबाट सुरु भएको वृहद् र्यालीले खार्जी, थानीटोल, कञ्चनबारी, गोकुलटोल हुँदै काबेलीमा पुगेर पुनः र्याली सहित घरदैलो अभियान सञ्चालन गरेको थियो ।

थारु समुदायका महिला पुरुष, मधेशी युवाहरु तथा उल्लेख संख्यामा सबै जाति समुदायको उपस्थिति रहेको चुनाव प्रचार र्यालीले जामुनगाछी क्षेत्र परिक्रमा गरेको थियो । जामुनगाछीबाट पुलचोक, दामाबन्दी, इक्राही दक्षिण यादव टोल, उत्तर यादव टोल, र इक्राई चोकसम्म घरदैलो गरेको थियो ।

नेकपा माओवादी केन्द्रले विराटनगर ४ मा युवा उम्मेदवार न्यौपानेको नेतृत्वमा रनियादेवी मण्डल, रिता ऋषिदेव, रञ्जनकुमार पोखरेल र सन्तोष माझीलाई सदस्य पदको उम्मेदवार बनाएको छ । थारु बहुल क्षेत्र वडा नम्बर ४ बाट प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमध्ये माओवादीले मात्र थाारु उम्मेदवार दिएको छ ।

नेपाली काँग्रेसको निर्णय विपरित कुनै नेताको दबाबमा सञ्जय मण्डल उम्मेदवार बनेपछि काँग्रेसभित्र ठूलो अन्तरविरोध पैदा भएको छ । वडाको भौगोलिक र जातीय सन्तुलन नमिलाएका कारण यतिबेला माओवादी बाहेकले चुनावी माहौल सिर्जना गर्न नसकेको स्थानीयहरुको विश्लेषण छ ।
शनिबारको शक्ति प्रदर्शनपछि विराटनगर ४ मा नेकपा माओवादी केन्द्रले सबैलाई उछिनेर अघि बढेको काँग्रेस समर्थक कार्यकर्ताहरुले फेसबुकमै सार्वजनिक गर्न थालेका छन् । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल मोरङका पूर्व अध्यक्ष माधव अधिकारीले कञ्चनबारीमा माओवादीको ¥याली हेरेपछि फेसबुक कमेन्ट लेख्दै भनेका छन् ‘यो र्यालीले तपाईंको जित निश्चित गरेको देखियो ।’

यस अघि नेपाली काँग्रेसले जितेको वडामा नेकपा एमाले दोश्रो स्थानमा रहेको थियो । पछिल्लो समय काँग्रेसको चुनावी माहौल कमजोर बनेको छ भने माओवादीले काँग्रेसलाई उछिनेर आक्रमक तयारी बढाएको छ । चुनावमा जित्ने दाबी गरिरहेको नेकपा एमाले बनिबारबाट तेश्रो स्थानमा झरेको अनुमान स्थानीयले गरेका छन् । स्थानीय तिलकराम माझीले भने ‘हाम्रो वार्डको एक छेउमा मात्र एमालेको उपस्थिति छ, यस पटक एमालेले राम्रो गर्यो भने तेस्रो नत्र चौथो स्थानमा पुग्छ, मैले भनेको लेखेर राख्नुस् ।’

शनिबार, २४ बैशाख, २०७९, दिउँसोको ०४:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर