धरानलाई महानगर बनाउने गठबन्धनको प्रतिबद्धता

धरान । लोकतान्त्रिक वाम गठन्धनले सुनसरीको धरानलाई महानगरपालिका बनाउने योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

शनिबार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना छन् ।

वैशाख ३० को आसन्न स्थानीय निर्वाचन अन्र्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक–वाम गठबन्धनका उमेद्वारहरुले सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्ने विषय प्राथमिकतामा छ । सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरुयोजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवं पर्यटकीय गन्तव्य स्थल बनाउनेलगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दीर्घकालीन योजनाहरु, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतका कुराहरुलाई समेटेको छ । यस्तै धरानलाई स्वास्थ्यको हब बनाउदै प्रतिष्ठाको सुधारका लागि पहलकदमी अगाडि सार्ने, धरानका दीर्घरोगीहरुका लागि निःशुल्क औषधी उपचारका प्रदान गर्ने, धरानलाई पर्यटकीय हव बनाउने, धरान तथा धरान आसपासकामा रहेका क्षेत्रर्संग लिंक रोड निर्माण गर्ने कुरालाई पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।

गठबन्धनबाट कांग्रेसकाका तर्फबाट मेयर प्रत्यासी बनेका किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताए । यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाउँदै उनले भने–‘समुन्नत धरान बनाउनका लागि सबैसंग सहकार्य, छफलल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौं, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन अगाडि बढ्ने छौं ।’

गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संंयोजक सुजेन्द्र तामाङले निर्वाचन नजिकिदै गएको अवस्थामा यसपटक आफूहरुले ढिलो प्रतिबद्धतापत्र सार्वजनिक गरेको बताए । घरदैलो कार्यक्रमको दौरानमा सर्वसाधारणको समस्या, राय र सुझाव सुनेर प्रतिबद्धता तयार गरिएकोेले यो प्रभावकारी हुने उनको भनाइ थियो । जनताको समस्या समेटिको प्रतिबद्धता कार्यान्वयन गरेर जानेगरि तयार गरेको उनले दावी गरे ।

शनिबार, २४ बैशाख, २०७९, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर